२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश

Nada
२०८२ वैशाख ११ गते २०:२०
Shares
आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश

 काठमाडौं : सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कने वातावरण सुनिश्चित गर्न आदेश जारी गरेको छ ।

ncell

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षक आन्दोलनका कारण देशभरका बालबालिकाको पठनपाठनमा भएको अवरोध तत्काल हटाउन र आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गरी ३ दिनभित्र शिक्षकहरूलाई कक्षामा फर्काउने वातावरण बनाउन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’

अदालतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायत विपक्षी निकायहरूलाई आन्दोलनरत शिक्षकका संविधानसम्मत माग सम्बोधन गरी नियमित पठनपाठन सुनिश्चित गर्न आदेश दिएको छ।

साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा समयमै प्रकाशन गर्न र कक्षा १२ को बोर्ड परीक्षा तोकिएको समयमै सञ्चालन गर्न निर्देशन दिइएको छ।

ताजा खबर

सम्बन्धित खबर