२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अत्याधुनिक हतियारसहित चार जना पक्राउ

Nada
प्रेमराज कार्की
२०८१ असार २१ गते २१:०७
Shares
अत्याधुनिक हतियारसहित चार जना पक्राउ

मुगु : जुम्लामा अत्याधुनिक हतियारसहित चार जना पक्राउ परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट  हतियारसहित चार जना पक्राउ परेका हुन् ।

ncell

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गएको मौका छोपेर आठ जनाको उक्त हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेका थिए ।

घटना लगत्तै जुम्ला, मुगु र डोल्पाका नाकाहरुमा प्रहरी खटाइएको थियो । घटना भएको झण्डै एक महिनापछि मुगुुमा पछिल्लो पटक स्थानीयले संकलन गरेको यार्सा लुटपाटमा संलग्न आठमध्ये चार जनाको टिमलाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव महानिरीक्षक तथा डिआइजी अर्जुनबहादुर चन्दले जानकारी दिए । 

‘आठ जना नै पक्राउ परेको जानकारी आएको छ, तर त्यो ठाउँमा मौसम प्रतिकुल हुँदा यकिन हुन सकेको छैन । प्रहरी टोली अहिले पनि घटनास्थलमै छ’ डिआइजी चन्दले भने, ‘शनिबार बिहानसम्म अनुसन्धानमा खटिएको टोली जुम्ला सदरमुकाम पुगेपछि घटनाको वास्तविक जानकारी दिन सकिन्छ ।’

अनुसन्धानमा मुगु र जुम्लाबाट प्रहरीको संयुक्त टोली परिचालन गरिएको उनले बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार यार्सा लुटेरा आठ जनाकै टिम जुम्लाकै रहेको पृष्टि भएको छ । उनीहरुबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियारसमेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल एक थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको ड्रेस, र ट्रेकिङ झोला रहेको छ ।

पक्राउ पर्नेमा जुम्ला पातारासी गाउँपालिकाका पशे भनिने गणेश भण्डारी, धनप्रसाद भण्डारी, नवराज बुढा, पुर्णप्रसाद भण्डारी, राम अधिकारी, मानबहादुर बुढा, कमल थापा र वीरबल बोहरा रहेको प्रहरीले जनाएको छ ।

गत जेठ १४ गते राति मुगमा यहीँ टोलीले दुईवटा हतियार र अन्य घरेलु हतियार देखाउँदै स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेको प्रहरीको भनाइ छ । 

विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लामा यार्सागुम्बा लुटपाट हुने गरेको थियो । ति सबै घटनामा उक्त समूहको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित खबर