२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

Nada
२०८२ वैशाख १० गते १०:२२
Shares
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

ncell

कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली  रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। 

ताजा खबर

सम्बन्धित खबर