२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता : प्रचण्ड

shivam cement
२०८२ वैशाख ९ गते १५:१६
Shares
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभइ प्रेरणाको विषय भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भने, “लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो ।”

उनले कम्युनिष्ट पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले विभाजन र बलिदानबीच आजको अवस्थामा आइपुगेको उल्लेख गरे ।

उनले भने, “आजको आवश्यकता कम्युनिष्टहरुलाई  फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ । जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्च्याउने प्रक्रियामा छौँ ।”

ADV

ताजा खबर

सम्बन्धित खबर