२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

निकुञ्ज प्रभावितलाई एक करोड बढी राहत

Nada
२०८२ वैशाख ९ गते १०:१९
Shares
निकुञ्ज प्रभावितलाई एक करोड बढी राहत

चितवन : चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई रु. एक करोड २३ लाख छ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

ncell

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम पीडितलाई बुझाइएको हो । उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका आठ जनाको परिवारलाई रु ८० लाख, घाइते २७ जनाको उपचार खर्च रु. १६ लाख ९३ हजार ६४२, दुई सय ४४ वटा खाद्यान्न बाली क्षतितर्फ रु. १४ लाख १७ हजार राहत रकम बुझाइएको उनले बताए ।

उनका अनुसार ९५  पशुधन क्षतितर्फ रु नौ लाख १९ हजार ७००, १८  घर गोठ क्षतितर्फ रु. एक लाख ६६ हजार, १३ भण्डारण गरेको अन्नबाली क्षतिका लागि रु ८३ हजार र कुखुरा क्षतिबापत रु. २७ हजार ५०० राहत रकम बुझाइएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट हुने क्षतिबापत राहत रकम दिने गरिन्छ । मृत्यु भएमा निजको परिवारलाई रु १० लाख दिने व्यवस्था छ भने घाइते र अन्य क्षतिमा दिइने रकम प्रकृति हेरेर दिइने गरिन्छ । सूचना अधिकारी थापामगरले भने, “वन्यजन्तु मानव बस्तीमा पसेर गर्ने क्षतिको परिपूर्ति हुन नसक्ने भए पनि केही राहत होस् भनेर निकुञ्जले राहत वितरण गर्ने गरेको छ ।” मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण हुने यस्ता घटना न्यूनीकरणका लागि निकुञ्जले राहतको कार्यक्रम मात्र नभएर विभिन्न किसिमका चेतनामूलक कार्यक्रम पनि गर्दै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर