२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रदेश सांसद खातुनद्वारा मोक्तमको शिलान्यास

Nada
२०८२ वैशाख ८ गते २०:०६
Shares
प्रदेश सांसद खातुनद्वारा मोक्तमको शिलान्यास

रौतहट : नेकपा एमाले मधेश प्रदेशकी सांसद जैनव खातुनले रौतहट फतुवा विजयपुर नगरपालिका ५ सन्तपुर दोस्तियामा मोक्तमको शिलान्यास गरेकी छन् । सोमबार एक कार्यक्रमकाबीच सांसद खातुनले शिलान्यास गरेका हुन् ।

ncell

मुस्लिम सामुदायको धर्म अनुसार मोक्तम विश्राम गर्ने स्थल हो । प्रदेश सांसद जैनव खातुनको विशेष पहल र मधेश प्रदेश सरकारका युवा खेलकूद समाज कल्याण मन्त्रालयले करिब चालीस लाख रुपैयाँको लागतमा दुई तल्ले भवन बन्ने भएको छ ।

उक्त कार्य उपभोक्तामार्फत काम हुनेछ । उपभोक्ता समितिको अध्यक्षमा तबरेज खा,कोषाध्यक्षमा लालमुन खातुन, सचिवमा शेख सदाम रहेका छन् । 

उक्त शिलान्यास कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य सहबान खा, पूर्व गा. वि.स.अध्यक्ष बुधाई खा, नेता शेख मोबिन, सुरेन्द्र यादव, शिउपुजनं यादव, शेख नथुनी, शेख मज्रुल, राजा बाबु खा, शेख अपताब लगायतको सहभागिता थियो । 

ताजा खबर

सम्बन्धित खबर