२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

गणतन्त्रको रक्षा गर्न ३ शीर्ष नेता प्रतिबद्ध

shivam cement
मध्यान्ह
२०८२ वैशाख ७ गते ०७:०१
गणतन्त्रको रक्षा गर्न ३ शीर्ष नेता प्रतिबद्ध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा शनिबार छलफल भएको छ ।     

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा उनीहरूबीच संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।     

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए । 

छलफलमा सङ्क्रमणकालिन न्यायसँग सम्बधित २ आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए । 

बैठकपछि दाहाल र देउवाले अभिव्यक्ति सार्वजनिक गरिसकेका छैनन् । तर प्रधानमन्त्री ओलीले फेसबुकमा एक पोस्ट सार्वजनिक गरेका छन् । 

वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षाका विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग महत्त्वपूर्ण परामर्श भयो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘समावेशी गणतन्त्रको रक्षा गर्दै शान्ति सुव्यवस्था कायम राख्न सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा हामी सहमत छौँ ।’ 

यस्तै ‘सङ्क्रमणकालीन न्यायका मुद्दाहरूलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’ भनेर ओलीले लेखेका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise