२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आज तीन संसदीय समितिको बैठक बस्दै

Nada
२०८२ वैशाख ५ गते ०८:०८
Shares
आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसद्अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

ncell

बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–०८२ माथि छलफल गर्ने कार्यसूची छ । 

यस्तै, सोही समयमा सुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ । 

यस्तैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ । 

ताजा खबर

सम्बन्धित खबर