२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मुग्लिन-पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

Nada
२०८२ वैशाख ५ गते ०७:०२
Shares
मुग्लिन-पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

तनहुँ : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । 

ncell

व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । 

बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।

पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । 

पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ ।

ताजा खबर

सम्बन्धित खबर