२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट

Nada
२०८२ वैशाख ४ गते ०८:०८
Shares
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट

तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । 

ncell

बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका हुन् । पटक-पटक सम्बन्धित निकायलाई झक्झक्याउँदा चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा चक्काजाम गर्नुका साथै सडकमा केराको बोट रोपिदिए   

बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बोट रोपिएको सङ्घर्ष समितिका सदस्य दीपक काफ्लेले बताए । ‘सुरुमा टेन्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन । त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ’ उनले भने । 

सडक नबन्दा आवतजावतमा मात्र नभई व्यवसाय नै धरासयी भएको सङ्घर्ष समितिका सदस्य आकाश भण्डारीले बताए । 

ताजा खबर

सम्बन्धित खबर