२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

भाइरल हुन कांग्रेसीहरू जे पनि बोल्छन् : मन्त्री राणा

Nada
२०८२ वैशाख १ गते १७:१०
Shares
भाइरल हुन कांग्रेसीहरू जे पनि बोल्छन् : मन्त्री राणा

काठमाडौं : भाइरल हुने नाममा कांग्रेसका नेताहरूले जे पनि बोल्ने गरेको आरोप परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले लगाएकी छन् । कांग्रेस नेताहरूले एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति पार्टीभित्र बढेको मन्त्री राणाले बताएकी छन् । 

ncell

इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन् ।

उनले भनिन्, ‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला, तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि ख्याल राख्नु पर्छ ।’ 

मन्त्री राणाले नेताहरूको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरूमा निराशा उत्पनन भएको बताइन् ।

कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी कांग्रेसकै नेताहरूले गर्ने गरेको गुनासो उनले गरिन् । उनले भनिन्, ‘आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्ने छ । अरू पार्टीहरू ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ ।’      

मन्त्री राणाले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाव दिइन् । उनले आफ्ना गुनासा र असन्तुष्टिहरू यसरी भाषण गर्दै हिँड्ने विषय नभएको पनि स्पष्ट पारिन् । वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको अथक प्रयासबाट गएको स्थानीय तथा संसदीय निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको उनको भनाइ छ ।

उनले आगामी निर्वाचनमा त झन् कुनै पार्टीसँग गठबन्धन नगर्ने भएकाले यो भन्दा झन् ठूलो पार्टी बनाउन अहिल्यैदेखि अभियान थाल्नुपर्ने जोड दिइन् । राणाले पार्टीमा महिलाको धेरै ठूलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्ने जोड दिइन् ।

ताजा खबर

सम्बन्धित खबर