२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

भरूवा बन्दुकसहित २ जना पक्राउ

Nada
२०८१ चैत २५ गते १४:२७
Shares
भरूवा बन्दुकसहित २ जना पक्राउ

मोरङः केराबारी गाउँपालिका–८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट भरूवा बन्दुक ३ थानसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्ली कुमार कार्की रहेका छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरूवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले मणिराज र डिल्ली कुमारलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर