२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

विद्युतीय कारोबार ऐनबमोजिम कसुर गर्ने २ जना पक्राउ

Nada
२०८१ चैत १२ गते १४:३०
Shares
विद्युतीय कारोबार ऐनबमोजिम कसुर गर्ने २ जना पक्राउ

काठमाडौंः विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका–७ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय बिकाश भारती र गोरखा अजिरकोट गाउँपालिका–३ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका–४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।

बुद्ध एयरको हवाई टिकट खरिद बिक्रीको लागि अनलाईन कम्प्युटर प्रणालीमा अनाधिकृत रूपमा पहुँच पुर्‍याई अवैध लाभ लिने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ गौशाला बत्तिसपुतलीबाट पक्राउ गरेको हो ।

उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर