२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ

Nada
२०८१ चैत ११ गते १७:३१
Shares
नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ

मकवानपुरः हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेटसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा सर्लाही हरिपुर नगरपालिका–२ बस्ने २६ वर्षीय राजेश तामाङ र कास्की पोखरा महानगरपालिका–१९ बस्ने २० वर्षीय निर्मल ढुङ्गेल रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ग.१२ प ४९७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर