२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

'अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकारबाट बञ्चित गराइयो'

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत ४ गते २१:१०
Shares
'अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकारबाट बञ्चित गराइयो'

रौतहट : नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय अपाङ्ग लोकतान्त्रिक संघ मधेश प्रदेशको प्रथम अधिवेशन महोत्तरीको बर्दिबासमा सुरु भएको छ । सोमबार भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथि नेपाली कांग्रेस मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले अपाङ्गता भएका व्यक्तिहरुको हितमा कार्य नभएकोमा असन्तुष्टि जनाए ।

ncell

मधेश प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकारबाट बञ्चित गरिएको उनले बताए । अपाङ्गता भएका व्यक्तिको आडमा जातिवाद, नातावाद, कृपावादले चरम रुपमा जरो गाडिसकेको अवस्थामा बहुसंख्यक अपाङ्गहरु समुचित हक अधिकार पाउनबाट बञ्चित रहनुपरेको उनको भनाइ छ ।

गुप्ताले अहिलेका मुख्यमन्त्री सस्तो लोकप्रियता कमाउने उद्देश्य तथा जनताको ध्यानलाई दिग्भ्रमित बनाउन निजी अस्पतालमा चेकजाँचको नाममा अराजकता मच्चाएको आरोप लगाए । उनले भने, 'म च्यालेन्ज गर्न चाहन्छु मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई यदि हिम्मत छ भने प्रदेश सरकारको मातहतमा संचालित अस्पतालहरुमा कार्यरत चिकित्सकहरुद्वारा संचालन गरिएका निजी अस्पतालहरु बन्द गरेर देखाउनुहोस् ।'

समाजिक विकास मन्त्रालयबाट अपाङ्गका नाममा विनियोजन भएका बजेट दुरुपयोग गर्ने गरिएको पनि उनले आरोप लगाए ।

ताजा खबर

सम्बन्धित खबर