२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय बदर

shivam cement
२०८१ फागुन २७ गते १६:३७
Shares
तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय बदर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।

त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।

सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।

ADV

सम्बन्धित खबर