२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

१० समझदारीपत्रमा हस्ताक्षर

Nada
२०८१ फागुन २७ गते ०६:२५
Shares
१० समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं : राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ का क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र निजी क्षेत्रका बीच रोजगार सिर्जना र तालिम प्रदानका लागि १० वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र सचिव कृष्णहरि पुष्करको उपस्थितिमा समझदारीपत्रहरूमा हस्ताक्षर भएको हो । 

ncell

राष्ट्रिय सीप विकास प्रतिष्ठान र कम्प्युटर एसोसिएसन महासंघ (क्यान), नेपाल निर्माण व्यवसायी महासंघ, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा), नेपाल सुनचाँदी व्यवसायी महासंघ, एकोर इन्टरनेशनल ट्रेनिङ प्रा.लि., ग्लोबल क्वालिफिकेसन, मदरल्यान्ड स्किल एकेडेमी, होटल संघ नेपाल (हान), नेपाल तयारी पोसाक उद्योग संघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघबीच तालिमसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि स्वीस एजेन्सीबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले समझदारीहरू कार्यान्वयनमा आउनुपर्ने भन्दै कागजमा मात्रै सीमित हुन नहुने बताए ।

सम्बन्धित खबर