२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयकको प्रक्रिया अघि बढाइने

shivam cement
२०८१ फागुन २६ गते १८:४६
Shares
अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयकको प्रक्रिया अघि बढाइने

काठमाडौं : संघीय संसद्बाट स्वीकृत भएका ५ वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक आगामी बुधबार बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखिएको छ ।

सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बुधबारको बैठकमा स्वीकृत भएका अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइनेछ ।

सरकारले अहिले अध्यादेश स्वीकृत भएपछि स्वीकृत अध्यादेश बमोजिम प्रतिस्थापन विधेयक पनि संसद्मा दर्ता गरिसकेको छ । त्यसलाई कार्यसूचीमा समावेश गर्ने विषयमा सोमबार छलफल भएको छ । त्यसलाई २८ फागुनमा बस्ने बैठकमा प्रतिष्थापन विधेयकलाई कार्यसूचीमा समावेश गरेर जाने छलफल भएको हो । सोही दिन विधेयकलाई पेस गरेर प्रक्रिया आरम्भ गर्ने जानकारी पनि बतौैैलाले दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर