२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

महिला व्यवसायीलाई मञ्चको सम्मान

Nada
२०८१ फागुन २६ गते ०६:२०
Shares
महिला व्यवसायीलाई मञ्चको सम्मान

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी महिला संघको नवनिर्वाचित कार्यसमितिलाई वैदेशिक रोजगार व्यवसायी प्रगतिशील मञ्च नेपालले सम्मान गरेको छ । आइतबार बाग्मती प्रदेशकी पूर्व अर्थ र योजनामन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काको प्रमुख आतिथ्यमा संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको अध्यक्ष जनक रावलले जानकारी दिए ।

ncell

गत हप्ता सम्पन्न संघको साधारणसभाले अरोमा  इन्टरनेसनल प्रा. लि.की संचालक प्रतिमा महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । संघको नवनिर्वाचित कार्यसमितिको सम्मानको अवसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ, संघका  पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल, संघकी कोषाध्यक्ष सरिता घले, कार्यसमिति सदस्य बैकुण्ठ पौडेल, मञ्चका महासचिव मिलन कट्टेल, कोषाध्यक्ष शीतल मैनालीलगायतको उपस्थिति थियो।

संघकी नवनिर्वाचित अध्यक्ष महर्जनले संघको साधारणसभालाई पूर्ण रूपमा सफल बनाउन भूमिका खेल्ने सबैप्रति कृतज्ञता र आभार प्रकट गर्दै नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेर मञ्चले महिला व्यवसायीको हौसला बढाएको टिप्पणी गरिन् । संघको नवनिर्वाचित कार्यसमितिलाई यसअघि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले सम्मानित गरेको थियो ।

सम्बन्धित खबर