२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

सुदूरपश्चिम सम्भावनाको स्रोत : प्रधानमन्त्री

shivam cement
२०८१ फागुन २५ गते १६:२४
Shares
सुदूरपश्चिम सम्भावनाको स्रोत :  प्रधानमन्त्री

धनगढी :  प्रधामन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम सम्भावनाले निकै अगाडि रहेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको ५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले प्रचुर सम्भावना हुँदा पनि सुदूरपश्चिम प्रदेश पछाडि रहेको तर अब त्यस्तो परिचय बदल्नु पर्ने अवस्था रहेको बताए ।

‘यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ’ दीक्षित भएका विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उनको भनाइ छ । दार्चुलाको उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै प्रधानमन्त्रीले छाङग्रुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको बताए ।

‘यक्त सडकका लागि अहिले ५ करोड विनियोजन गरेका छौं । पारीको बाटोबाट जाँदा नेपालीहरूले दुःख पाएका छन् । अहिले गोरेटो बाटो निकालेपछि पक्की सडकको लागि बजेट विनियोजन गरेर तक्लाकोटसम्म जाने बाटो बनाउँछौं’, उनले भने ।

गेटामा मेडिकल विश्वविद्यालय बनाउन यही वर्षबाट पढाइ सुरु हुने प्रधामन्त्री ओलीले दाबी गरे । पञ्चेश्वर बहुउद्देश्य परियोजना अगाडि बढाउन भारतसँग छलफल भइरहेको पनि प्रधामन्त्री ओलीले बताए ।

आफू प्रधामन्त्री हुँदा मुलुकमा विकासले गति पाइरहेको दाबी गर्दै उनले

हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण प्रारम्भ गरेको बताए । सुदूरपश्चिम देव भूमि रहेको भन्दै उनले यहाँका मटमन्दिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्व रहेको बताए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर