२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने व्यक्ति पक्राउ

Nada
२०८१ फागुन २२ गते १७:३१
Shares
नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने व्यक्ति पक्राउ

काठमाडौंः नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ ज्वालामूखी गाउँपालिका-७ घर भइ काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।        

ncell

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आइडी बनाइ उनीहरूको आफन्तहरूसँग ‘आफू र आफ्नो साथी बिरामी भइ अस्पतालमा भर्ना भएको र आफूलाई रकमको आवश्यकता परेको भन्ने विश्वास दिलाएर साथीको क्युआरमा रकम पठाउनु भनि उपत्यकाको विभिन्न पसलहरूमा आफ्नो मान्छे बिरामी भइ अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाइदिँदै छ, आफ्नो कुनै पनि बैंक खाता छैन’, भनी ‘हजुरको खातामा पैसा आउँछ, सो पैसा राखी मलाई नगद रकम दिनु’ भनी पसलहरूको क्युआर कोड पठाइ रकम हाल्न लगाइ पसलहरूबाट रकम लिइ ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लोलाङ हाईटबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर