२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

अक्सफोर्डमार्फत म्याक डोनाल्डका लागि आकर्षक रोजगारी 

Nada
२०८१ फागुन २१ गते ०६:२५
Shares
अक्सफोर्डमार्फत म्याक डोनाल्डका लागि आकर्षक रोजगारी 

काठमाडौं : कतारका म्याकडोनाल्ड रेस्टुरेन्टहरू संचालन गरिरहेको अल माना रेस्टुरेन्ट एन्ड फुड कम्पनीले नेपालबाट फ्री भिसा, फ्री टिकटमा कामदार लैजाने क्रम जारी राखेको छ ।

ncell

वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था अक्सफोर्ड इन्टरनेसनल प्रा. लि.ले इम्प्लोइमेन्ट पे मोडल अर्थात् फ्री भिसा, फ्री टिकटमा मंगलबार १९ जना महिला कामदार उक्त कम्पनीमा पठाएको छ ।

कम्पनीका संचालक माधव जीसीले म्याक डोनाल्ड रेस्टुरेन्ट र म्याक क्याफेअन्तर्गत चेन रेस्टुरेन्टहरूमा दैनिक ८ घन्टा काम गर्ने उनीहरूले मासिक तलब १ हजार २०० र खानाका लागि ३०० गरी १ हजार ५०० कतारी रियालसहित आवास, यातायात र न्यूनतम स्वास्थ्य सुविधा पाउने बताए ।

‘कडा अनुशासनमा बसेर काम गर्नुपर्छ, सुविधा पनि राम्रो छ’, उनले भने ।

संचालक जीसीले कतारमा म्याक डोनाल्ड रेस्टुरेन्टहरू सत प्रतिशत स्थानीय स्वामित्वमा संचालनमा रहेका र उनीहरूले उच्च गुणस्तरको सेवा दिने भएकाले कामदार छनोटमा बिचौलिया वा एजेन्टको प्रवेश वा कुनै सम्झौता नगरिएको बताए ।

अक्सफोर्डले कतारको म्याक डोनाल्ड कम्पनीका लागि फ्री भिसा, फ्री टिकटसहित शून्य लागतमा कामदारको डिमान्डको विज्ञापन गरेकोे थियोे । उक्त विज्ञापन  देखेपछि त्यसलाई पछ्याउँदै मूलतः युवतीहरू कम्पनी कार्यालय आइपुगेका थिए ।

रोजगारीमा कतार गएका ती युवतीहरूलाई अन्तर्वार्ता र छनोटका क्रममा काठमाडौंसम्म आउँदा–जाँदा, होटलमा बस्दा, स्वास्थ्य परीक्षण गर्दाको सबै खर्च कतारको कम्पनीले बेहोरेको छ ।

म्याक डोनाल्डका लागि कतार जान लागेका केही युवतीहरूले यसअघि वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाँदा एजेन्टलाई ठूलै रकम बुझाएका थिए । तर, अक्सफोर्डमार्फत जाँदा १ रुपैयाँसमेत तिर्नु नपरेको, काठमाडौंसम्म आउँदा–जाँदा, राहदानी बनाउँदा, होटलमा खाँदा–बस्दा, स्वास्थ्य परीक्षण गर्दाको खर्च कम्पनीले तिरदिएपछि ठूलो राहत मिलेको उनीहरूले बताए ।

संचालक जीसीले कामदार छनोटका सबै चरणमा कतारस्थित कम्पनी प्रतिनिधि सहभागी भएकाले छनोट पूर्ण रूपमा निष्पक्ष र पारदर्शी रहेकोे दाबी गरे । रोजगारीका लागि कतार पठाउनुअघि कम्पनीले प्रि डिपार्चर ओरिएन्टेसन प्रदान गर्दै अनुशासनको दायरामा रहेर इमान्दारीपूर्वक काम गर्न आग्रह गरेको छ ।

फ्री भिसा, फ्री टिकटको डिमान्डमा ३ महिनाको परीक्षणकाल हुने र उक्त अवधिमा कम्पनीको मापदण्डअनुसार काम नगरेमा करार रद्द हुने भएकाले सरसफाइ, समयको पालना, सरसामानको हिफाजतसहित सबै पक्षमा सचेत हुन जरुरत रहेकोे विषयमा सबैलाई पूर्ण रूपमा जानकारी गराएको पनि संचालक जीसीले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर