२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

अनलाइन ठगी केन्द्रहरूबाट थप ८ जना नेपालीको उद्धार

Nada
२०८१ फागुन २० गते ०६:२०
Shares
अनलाइन ठगी केन्द्रहरूबाट थप ८ जना नेपालीको उद्धार

काठमाडौं : म्यान्मारका अवैध अनलाइन ठगी केन्द्रहरूबाट थप ८ जना नेपालीको उद्धार गरिएको छ । अवैधानिक अनलाइन ठगी केन्द्रहरूमा छापा मार्ने क्रममा पछिल्लो पटक गरिएको उद्धारमा ८ नेपाली फेला परेका हुन् ।  

ncell

अपरेसनमा विदेशी नागरिक फेला परेपछि म्यान्मारको विदेश मन्त्रालयले आफ्नो देशमा रहेका नेपालसहित विभिन्न देशका राजदूतहरूलाई आमन्त्रण गरी उद्धार गरेको राजदूत हरिश्चन्द्र घिमिरेले बताएका छन् । उद्धार गरिएका कतिपयसँग स्वदेश फर्किन हवाईजहाजको भाडा र राहदानीसमेत नभएको पाइएको छ ।

परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भिजिट भिसामा म्यान्मार, थाइल्यान्ड, कम्बोडिया, लाओसलगायतका मुलुक नजान अनुरोध गरे पनि आकर्षक तलबको प्रलोभनमा भिजिट भिसा प्रयोग गरी ठूलो संख्यामा नेपाली पुगेको अनुमान गर्नुका साथै रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म/कम्पनी/रोजगारदाताको वेबसाइट जाँच गर्न आग्रह गरिएको छ । 

मानव बेचविखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मारमा लगेर जबरजस्ती अवैध कार्यमा लगाउने, राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, तलब माग्दा चरम यातना दिने समस्या बढेको छ ।

यसअघि थाइल्यान्ड र म्यान्मारमा प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा यूएईलगायतका मुलुकमा रहेका नेपालीलाई थाइल्यान्डको बैंकक र यांगुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यमा लगाइएको घटना सार्वजनिक भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर