२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

उल्लेखनीय काम गरेकै आधारमा कांग्रेस नेपालको सर्वश्रेष्ठ पार्टी: प्रवक्ता डा. महत

shivam cement
२०८१ फागुन १७ गते ०८:२९
Shares
उल्लेखनीय काम गरेकै आधारमा कांग्रेस नेपालको सर्वश्रेष्ठ पार्टी: प्रवक्ता डा. महत

नुवाकोटः नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले कांग्रेस उल्लेखनीय कार्य गरेको आधारमा नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताएका छन्। उनले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गरे।

शुक्रबार नेपाली कांग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्। उनले नुवाकोट लगायत देशभर कांग्रेस नेतृत्वमै धेरै विकास भएको स्मरण गराउँदै आगामी निर्वाचनमा नुवाकोटबाटै प्रत्यक्ष निर्वाचन लड्ने घोषणा समेत गरे।

‘नुवाकोटबाटै प्रत्यक्ष चुनाव लड्छु’

महतले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गरे। ‘मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरें। अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु,’ उनले घोषणा गरे।

उनले कांग्रेस पार्टी कुरामा भन्दा काममा विश्वास राख्ने दल भएको उल्लेख गर्दै, पार्टीका नेताकार्यकर्तालाई कांग्रेसका उपलब्धिहरू प्रचार गर्न पनि आग्रह गरे।

‘कांग्रेस एमाले गठबन्धन देशका लागि आवश्यक’

प्रवक्ता महतले वर्तमान सत्तारूढ गठबन्धन माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्रकै कारण बनेको आरोप लगाए। उनले भने, ‘कांग्रेस–एमाले गठबन्धनको सरकारले देश र जनतालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ।

उनले राजनीतिमा स्थायित्व, विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउँदै कांग्रेसकै अगुवाइमा देशले स्थिरता र आर्थिक प्रगति हासिल गर्ने दाबी गरे। प्रवक्ता महतको नुवाकोट प्रत्यक्ष निर्वाचनको घोषणाले आगामी निर्वाचनमा नुवाकोट कांग्रेसमा नयाँ आयाम थपिने सम्भावना रहेको आंकलन गरिएको छ।

ADV

ताजा खबर

सम्बन्धित खबर