२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासको आग्रह

Nada
२०८१ फागुन १४ गते ०६:२०
Shares
मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासको आग्रह

काठमाडौं : नेपाली राजदूतावास बैंककले तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पुनः आग्रह गरेको छ ।

ncell

लाओससँगको सीमा क्षेत्रमा अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई बैंककस्थित नेपाली दूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी नेपाल पठाइरहेको छ ।

यसै हप्ता मात्र २ जना र अघिल्लो हप्ता ५ गरी ७ जना कामदार नेपाल फर्काइएका छन् । श्रम स्वीकृति भएका कामदार समस्यामा परी स्वदेश फर्काउनुपरे सम्बन्धित म्यानपावर कम्पनीले स्वदेश फर्काउने गरेका छन् ।

श्रम स्वीकृति नभएको अवस्थामा स्वदेश फर्काउनुपर्दा नेपालीका संघसंस्थालाई गुहार्नुपर्ने, स्वदेश फर्किने टिकट नहुँदा लामो समय बस्नुपर्ने, त्यसरी बस्दा भिसा शुल्क वा ठूलो मात्रामा जरिमाना तिर्नुपर्ने हुँदा कामदार थप समस्यामा पर्ने गरेका छन् । 

कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो । 

दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ ।

विशेषगरी चिनियाँ मूलका आपराधिक गिरोहले चिनियाँ नागरिकसहित अन्य मुलुकका विदेशी कर्मचारीहरू राखेर चिनियाँ, भारतीय र विश्वका अन्य धनाढ्यहरूलाई लक्षित गरी खेल सट्टेबाजी, क्रिप्टो करेन्सी र लगानी परियोजनाको प्रलोभनमा पारी जबरजस्ती अनलाइन ठगीको काममा लगाउने गरेकोे खुलेको छ ।

नेपाली दूतावासले आमसंचार माध्यम तथा नागरिक समाजलाई समेत भिजिट भिसामा नजाने सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर