२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

प्रधानमन्त्रीले ‘म भ्रष्ट्राचार गर्दिन र गर्न दिन्न’ भन्न सुहाएन : सांसद ढकाल 

shivam cement
२०८१ फागुन १३ गते १५:३६
Shares
प्रधानमन्त्रीले ‘म भ्रष्ट्राचार गर्दिन र गर्न दिन्न’ भन्न सुहाएन : सांसद ढकाल 

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथी प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्नै संसदमा आवाज उठाएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्ट्राचारकोविरुद्ध बोल्दा युवाहरुलाई समात्ने भन्दै कटाक्ष गरेका हुन् । उनले भने, ‘डोनाल्ड ट्रम्पले यो देशलाई फ्रड भनेको मैले मात्र सुनेको कि प्रधानमन्त्री ज्यूले पनि सुन्नु भएको छ । छैन त प्रतिक्रिया । युवाहरुले सुशासनको लागि भ्रष्ट्राचारको विरुद्ध बोल्दै गर्दा एउटाले फेसबुकमा स्टाटस लेख्दा च्याप्पै समात्ने ।’

उनले प्रधानमन्त्रीले ‘म भ्रष्ट्राचार गर्दिन र गर्न दिन्न’ भन्ने खालको अभिव्यक्ति दिने गरेको भन्दै यस्तो अभिव्यक्ति नसुहाउने पनि बताए । उनले भने, ‘सम्मानीय प्रधानमन्त्री ज्यू सार्वजनिक कार्यक्रममा म भ्रष्ट्राचार गर्दिन गर्न दिन्न भन्नु हुन्छ । म यहाँ केही तथ्याङ प्रस्तुत गर्छु भ्रष्ट्राचार अवधारणा सुचाङक २०२३ सार्वजनिक गरेको छ ट्रास्फरेन्सि  इन्टरनेस्नलले, त्यसका १८० देशहरुको तथ्याङ्क छन् । डेनमार्क ९० अंकले भ्रष्ट्राचार कम गर्ने देश बनेको छ । हाम्रो ३५ अंक, सन् २०१५ मा २७ अंक, २०१६ मा २९ अंक, २०१८ मा ३१ अंक, २०१९ मा ३४ अंक, २०२० मा ३३ अंक औषत अंक पनि छैन यो वर्षमा, यो सरकार सञ्चालक को थियो सभामुख महोदय ? भ्रष्ट्राचार गर्दिन गर्न नि दिन्न भन्नु भएको रहेछ त । भ्रष्ट्राचार गर्दिन गर्न नि दिन्न भन्न सुहाउँदैन ।’
 

ADV

ताजा खबर

सम्बन्धित खबर