२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पार्टीभित्र भ्रष्टीकरणको प्रक्रियालाई रोक्न जरुरी : नारायणकाजी श्रेष्ठ

Nada
२०८१ फागुन १३ गते १४:३२
Shares
पार्टीभित्र भ्रष्टीकरणको प्रक्रियालाई रोक्न जरुरी : नारायणकाजी श्रेष्ठ

चितवन : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माआवादी केन्द्रलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

ncell

प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई अझ बढी जनमुखी बनाउँदै समाजवादको आधार तयारतर्फ लैजाने अभियानमा कुनै कमजोरी हुन नदिइने बताए । माओवादी केन्द्रको हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान प्रभावकारी बनाउँदै पार्टीलाई बलियो र एकताबद्ध गर्नुपर्ने उनले बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “कुनै पनि बहानाममा यस अभियानलाई  कमजोर पार्ने काम गरिनुहुन्न ।”

माओवादी केन्द्रले राज्य सञ्चालनका क्रममा सुशासन अभियान सञ्चालन गरेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले त्यो अभियान जस्तै पार्टीको रुपान्तरण र पुनर्गठनका लागि पनि पार्टीभित्र भ्रष्टीकरणको प्रक्रियालाई रोक्न जरुरी रहेको बताए । उनले भने, “वैचारिक र सांस्कृतिक स्खलनको प्रक्रियाविरुद्ध संघर्ष गर्ने, विधि पद्धति स्थापित गर्न संघर्ष गर्नु आवश्यक छ ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीमा असाधारण एकता सुरु भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ थियो । उनले भने, “अध्यक्ष दाहालकै नेतृत्वमा पार्टीको रुपान्तरण र पुनर्गठन अभियान सुरु गरेका छौं । एकताबद्ध, शक्तिशाली र क्रान्तिकारी पार्टी बनाउने तयारीमा लागिएको छ । यसमा हामी अझै बढी प्रभावकारी ढंगले अघि बढ्छौं ।”

फरक प्रसंगमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले ल्याएका ६ वटा अध्यादेश पास हुन नदिने बताए । संसदलाई पछि सारेर अध्यादेश ल्याइएको उनको आरोप थियो ।

ताजा खबर

सम्बन्धित खबर