२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

‘बेलायतमा मौसमी कामदारको कुनै स्वीकृति छैन’

Nada
२०८१ फागुन १२ गते ०६:२५
Shares
‘बेलायतमा मौसमी कामदारको कुनै स्वीकृति छैन’

काठमाडौं : वैदेशिक रोजगार विभागले बेलायतमा मौसमी कामदारको कुनै स्वीकृति नभएको भन्दै कुनै पनि प्रकारको लेनदेन नगर्न आग्रह गरेको छ ।

ncell

श्रम मन्त्रालयले केही अघि ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९’ सार्वजनिक गरेको थियोे  । निर्देशिकामा श्रम सम्बन्ध कायम भएका मुलुकबाट नेपाली कामदारका लागि मागपत्र आउने देखिएमा रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको कानुनअनुसार रोजगारदाताका तर्फबाट सहजीकरण गर्नेगरी दर्ता भएको स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरणका लागि तोकिएका विवरण खुलाई अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेस गर्न सक्ने व्यवस्था छ ।

हाल केही व्यक्तिहरूले बेलायतमा मौसमी कामदार खुलाएको भन्दै रकम उठाउने गरेको सार्वजनिक भएपछि विभागले आइतबार सूचना जारी गरी सचेत रहन आग्रह गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर