२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

वर्तमान संविधानको महत्वपूर्ण जग प्रजातन्त्र : मुख्यमन्त्री कँडेल

Nada
२०८१ फागुन ७ गते १५:५४
Shares
वर्तमान संविधानको महत्वपूर्ण जग प्रजातन्त्र : मुख्यमन्त्री कँडेल

कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण जग प्रजातन्त्र भएको जनाएका छन्  । 

ncell

आज ७५औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताए । 

उनले आजको नेपाली जनताको लामो त्याग, बलिदान र समर्पणबाट मुलुकमा प्रजातन्त्रको स्थापना भएको बताए । शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले भनेका छन्, “नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण छ, यसले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यता अबलम्वन गर्दै जनताका आशा अपेक्षा पूरा गर्नेतर्फ अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”

त्यसैगरी उनले राज्य शक्तिको स्रोत जनता मात्र भएकाले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताए । लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनता आफैले संविधान बनाएको उल्लेख गर्दै उनले वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुने जनाए ।  

नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानले लिएको यो लक्ष्य जनस्तरमा परिवर्तनको महसुस गराउन सकेमात्र यो व्यवस्था दिगो हुने बताउँदै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री कँडेलले गरे ।

ताजा खबर

सम्बन्धित खबर