२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दानमा पाएको विषय होइन : अजयबाबु शिवाकोटी

Nada
२०८१ फागुन ७ गते १४:००
Shares
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दानमा पाएको विषय होइन : अजयबाबु शिवाकोटी

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले ल्याएका कुनै पनि विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हुन नहुने बताएका छन् ।

ncell

प्रेस युनियनको शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनअन्तर्गत बुधबार काठमाडौंको साँखुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसैले दान दिएको विषय नभएको बताएका हुन् ।

‘विश्वभर सफ्ट पावरका रूपमा रहेको संचार माध्यमलाई इग्नोर गर्दा धेरै सरकारहरू पछुताएका छन् । मिडियाको कुरा इग्नोर गर्ने होइन सुन्ने हो । सरकारले मिडियाको कुरा सुन्नुको साटो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरू ल्याएर मिडियालाई तर्साउन र स्वतन्त्रताको घाँटी निमोठ्न खोज्दैछ’ शिवाकोटीले भने, ,‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसैले दान दिएको विषय होइन, मिडिया सरकारको कन्ट्रोलमा हुनुहुँदैन, सरकारले ल्याउने विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी नियन्त्रण गर्ने हुनुहुँदैन।’ 

उनले नेपाली कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हिमायती भएको भन्दै लोकतन्त्रको जग बलियो बनाउन लोकतन्त्रमा प्रेसलाई नै कमजोर होइन बलियो बनाउनु पर्नेमासमेत जोड दिए । शिवाकोटीले कांग्रेस र प्रेस युनियनको सम्बन्धसमेत सुधार गर्दै जानुपर्ने बताए । यस्तै ट्रेड युनियन अभियानलाईसमेत युनियनले शसक्त बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए । 

‘पत्रकार महासंघले पनि ट्रेड युनियन अभियान चलाउन कमजोरी गर्नुहुँदैन, त्यसको नेतृत्व युनियनले नै गर्नुपर्छ’ शिवाकोटीले भने। मंगलबार सुरु भएको प्रेस युनियनको राष्ट्रिय सम्मेलनमा देशभरका युनियनका प्रदेश र जिल्ला सभापतिहरु सहभागी छन। सम्मेलन आज साँखु–काठमाडौं घोषणापत्र जारी गर्दै सकिँदैछ ।
 

ताजा खबर

सम्बन्धित खबर