२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कविता : प्रेम दिवस

Nada
२०८१ फागुन २ गते १८:११
Shares
कविता : प्रेम दिवस

-सीता ओझा

ncell

अब
अब आउँदै छ रे 
राष्ट्रिय अनि अन्तर्राष्ट्रिय 
प्रेम दिवस 
कहिले 
मित्र दिवसको नाम लिएर 
कहिले गुलाफ दिवस 
त 
कहिले 
चक्लेटडे,टेडिवियरडे ,
हकडे,किसडे
यस्तै यस्तै
खोइ ! के के डे हो ?
सबै
सहित एकमुष्टमा फेरि
प्रपोज  डे (दिवस)को नामले 
प्रेम दिवसको महत्व बढाउदै छ रे 
सुनेर बुझ्न पनि निकै गार्‍हो पर्ने रहेछ 
हामी डेट् 
एक्सपाएरहरूलाई त 

हरेक किशोर 

किसोरीको मन छोएर 
कसैको हसाएर 

कसैलाइ छुटाएर 
माने पियार
नमाने तेजावले सिँगार
गर्दै  सुस्त चालडालमा
प्रत्येकको मनमा 
गढेर आउदै छ रे 
त्यो  
प्रेम दिवस

मन भएकाहरूलाई, 
मन भएकाहरूले 
जे जे दिए पनि हुने रे
मन मिल्ने 
र 
मन दिनेहरू विचकोमित्रता
 त्यो पनि 
जिवनभरको जिउने बाचा खसमकोलागि
जवानी साट्नेहरू
विचको गाडा 
अनि निकै कडा
सम्बन्ध गाँसिने हो रे 
यो मेलेन्टाइनमा
त्यसैले त 
यो प्रेम दिवसको 
यत्रो महत्व रहेछ ।

यो वा त्यो को मतलव छैन
स्वतन्त्रतामा हस्तक्षेप हुनुहुन्न
प्रश्न उठे घरै भित्र विध्वंस हुने
परिवारमा विद्रोह गर्ने
आफ्ना भन्दा 
अरूलाई नजिक ठान्ने
सोझो सोध्दा बाङ्गो, 
बङ्गियाएरै  बुझ्ने
सबै रक्त सम्बन्ध छोडेर
भावनाको सम्बन्ध नै ताक्ने
कस्तो उमेर हो यो ?
प्रेम दिवसमा 
हेर त 
नजानिदो ढँङ्गले 
सबै रोमान्टिक हुने 

अलि अलि रिसाउने
फेरि प्रेमीले फकाउने
चिया चमेनामा जीवन घुमाउने
एक दुई सय मागेर 
घरबाट भागेर
दुइचार सय चोरेर
नपुगे सन्नुस भोरेर
भए पनि मनाउनै पर्ने
रे
यो प्रेम दिवस

प्रेम दिवस 
थाहा नपाइ 
तपाईंलाई नि छुने 
मलाई नि हुने 
अनि
कता कता 
उनिहरू प्रतिको इर्षाले
मन कट्कै रूने
भन्न नरूचाए नि
त्यो खुसिले
मन प्रशन्न हुने
यो रमाइलो 
प्रेम दिवसको उपलक्ष्यमा 
सबैलाई अग्रिम शुभकामना !
शुभकामना !!

ताजा खबर

सम्बन्धित खबर