२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

बेथानचोक गाउँपालिकाले गर्‍यो सिम्रिक एयरलाई सम्मान

shivam cement
मध्यान्ह
२०८१ माघ २८ गते १५:४१
बेथानचोक गाउँपालिकाले गर्‍यो सिम्रिक एयरलाई सम्मान

काभ्रे : डढेलो नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा काभ्रपलाञ्चोकको बेथानचोक गाउँपालिकाले सिम्रिक एयरलाई सम्मान गरेको छ । सिम्रिक एयरका अध्यक्ष एवं क्याप्टेन रामेश्वर थापालाई गाउँपालिकाले सोमबार सम्मान पत्र प्रदान गरेको हो ।

हालै काभ्रेको महाभारत वन क्षेत्रमा लागेको डढेलो सिम्रिक एयको हेलिकोप्टरबाट निभाइएको थियो । डढेलो नियन्त्रणमा योगदान पुर्‍याएबापत सिम्रिक एयरलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए ।

उनले बेथानचोक गाउँपालिकाको बस्ती नजिकको ज्वानोथुम्की, रमितेडाँडा, खानेपानीको मुहान क्षेत्र महाभारत लेकमा लागेको भीषण डढेलो नियन्त्रणका लागि सिम्रिक एयरले हेलिकोप्टर उपलब्ध गराउँदै प्राकृतिक विपत्ति न्यूनीकरणमा विशेष सहयोग पुर्‍याएको बताए।

‘यस क्षेत्रका नागरिकहरूको जीवन सुरक्षित गर्नुका साथै महाभारत क्षेत्रको वन पैदावर, अमूल्य जडिबुटी, दुर्लभ वन्यजन्तुलगायतका प्राकृतिक सम्पत्तिको संरक्षण गर्ने कार्यमा सिम्रिक एयर र क्याप्टेन थापाको सहयोग प्रशंसनीय छ,’ अध्यक्ष अधिकारीले भने । 

सम्मान कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका क्याप्टेन थापाले महाभारत रेन्जको वन सम्पदा मानव सभ्यतासँग जोडिएको बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise