२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

दाङमा नियमित हवाइ उडान अपरिहार्य : देउवा

Nada
सपना बोहरा
२०८१ माघ २६ गते २१:५५
Shares
दाङमा नियमित हवाइ उडान अपरिहार्य : देउवा


दाङ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङको टहरीगाउँ एयरपोर्टमा नियमित हवाइ उडान हुनुपर्ने बताएका छन् । 

ncell

अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवं मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘एयरपोर्टका बारेमा धेरै गुनासोहरू आइरहेका छन् । नियमित उडानको लागि पार्टीले सरकारलाई दबाब दिनेछ ।’

सुविधा सम्पन्न हवाइ सेवा उपलब्ध गराउन पहल गर्ने बताउँदै तुलसीपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताए । दाङमा नियमित हवाइ उडान अनिवार्य रहेको बताए । 

कार्यक्रममा थारु समुदायलाई आर्थिक समृद्धिसँग जोड्नु पर्ने बताए । ‘थारु समुदायको कला संस्कृतिलाई व्यवसायीकरण गरेर आय आर्जन गर्न सकिन्छ’ देउवाले भने,‘थारू समुदाय कला, सीप संस्कृतिमा धनी छ, त्यसको बजारीकरण र प्रवद्र्धन गर्न सकेमा आर्थिक समृद्धि गर्न सकिन्छ ।’

थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएतापनि त्यसको बजारीकरण र प्रवद्र्धन गर्न नसकेको उनले बताए । ‘थारुहरूको कला संस्कृति तथा खानाका परिकारको नै आम्दानीको मुख्य स्रोत हो’ पूर्वप्रधानमन्त्री एवं पार्टीका सभापति देउवाले भने‘थारु समुदायको आर्थिक स्तर वृद्धि मात्रै नभएर देशको लागि पनि सहयोग पुग्नेछ ।’ 

थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गर्दै शिक्षा क्षेत्रमा विशेष ध्यान दिन अनुरोध गरे ।  कमैया प्रथा उन्मुलन पश्चात् थारु समुदायमा ठूलो परिवर्तन आएको भएपनि आर्थिक रुपमा सबल बन्न नसकेको उनले बताए ।  लोकल मदिराको ब्राण्डिङ गरेर बिक्री गर्नको लागि  कानुनी जटिलताको सहजीकरण गर्ने उनले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृति र सीप जर्गेना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
००
 

ताजा खबर

सम्बन्धित खबर