२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

दमाममा राहदानी वितरण सेवा सम्पन्न, ४७५ नयाँ राहदानी वितरण

Nada
२०८१ माघ २६ गते २१:२१
Shares
दमाममा राहदानी वितरण सेवा सम्पन्न, ४७५ नयाँ राहदानी वितरण

साउदी : साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा राहदानी नवीकरण भइ आएको ४ सय ७५ नयाँ राहदानी वितरण गरिएको छ । अधिकांश नेपाली कार्यरत रहेको यस शहरमा राहदानी वितरणलाई सहज बनाउन साप्ताहिक बिदाको दिन पारेर सेवा प्रदान गरिएको थियो । 

ncell

यस कार्यलाई सफल पार्न नेपाली दूतावास रियाद, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब, नेपाली जन प्रगतिशील मंच साउदी अरब, किरात राई यायोख्खा प्रवास शाखा साउदी अरब, यूनाइटेड फुटबल क्लब, नेपाल मगर संघ शाखा साउदी अरब, नेपाली ट्राभल्स (टाइम ट्राभल्स) लगायत विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेका थिए ।

दूतावासका कर्मचारी, स्वयंसेवक र समाजसेवीहरुको सक्रियताले राहदानी वितरण कार्य प्रभावकारी रुपमा सम्पन्न भएको छ । आगामी दिनहरुमा पनि यस्ता श्रमिक हितका कार्यहरुमा सहकार्य र सहयोग जारी रहने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर