२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

Nada
२०८१ माघ १४ गते १०:२७
Shares
रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए।

ncell

एक करोड ३३ लाख ९४ हजार सात सय ५२ रुपैयाँको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ ।

सम्बन्धित खबर