२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेशनल लाइफको लिडर्स नाइट कार्यक्रम सम्पन्न

Nada
२०८१ माघ १३ गते २१:३१
Shares
नेशनल लाइफको लिडर्स नाइट कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल लाइफ इन्स्योरेन्स लिडर्स नाइट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ कार्यक्रम चितवन सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको हो ।

ncell

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि गत साउन महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित वरिष्ठ पत्रकार भुषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरू सहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

सम्बन्धित खबर