२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

ज्योतिका ग्राहकलाई सिग्मा डायग्नोस्टिकमा छुट

shivam cement
मध्यान्ह
२०८१ माघ १३ गते २१:३०
ज्योतिका ग्राहकलाई सिग्मा डायग्नोस्टिकमा छुट

काठमाडौंं : ज्योति विकास बैंक लिमिटेडले र सिग्मा डायग्नोस्टिक प्रयोगशालाबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

सो बैंकले उपत्यका र उपत्यका बाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise