२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बंगलादेश र विश्व बैंकबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता

Nada
२०८१ माघ ११ गते १४:०२
Shares
बंगलादेश र विश्व बैंकबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता

काठमाडौंः बंगलादेश सरकार र विश्व बैंकबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर (अन्तर्राष्ट्रिय रिजर्भ एसेट अर्थात् तीन करोड अमेरिकी डलर) बराबरको एक सम्झौतामा हस्ताक्षर भएको छ ।

ncell

सम्झौतापत्रमा बंगलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव मोहम्मद शाहरियार कादर सिद्दिकी र विश्व बैंकका कार्यवाहक देशीय निर्देशक गेल मार्टिनले हस्ताक्षर गरेका छन् । 

पावर ग्रिड बंगलादेशले यो परियोजना कार्यान्वयन गरिरहेको छ, जसको उद्देश्य दक्षिणपूर्वी बंगलादेशका केही भागहरूमा बिजुलीको बढ्दो माग पूरा गर्नु हो । महाशाखाले एक वक्तव्य जारी गरी विश्व बैंकको स्केल–अप सुविधा अन्तर्गत सन्  २०१८ अप्रिलमा ४५ करोड ६४ हजार डलरको यस परियोजनाको प्रारम्भिक वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको थियो।

त्यसपछि कोभिड–१९ परियोजनाका लागि कुल पाँच करोड अमेरिकी डलर खर्च गरिएको थियो । यस पृष्ठभूमिमा, परियोजनाको सफलतापूर्वक सम्पन्न गर्नका लागि अब विश्व बैंकबाट तीन करोड डलरको थप वित्तपोषण आवश्यक छ ।

सम्बन्धित खबर