२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु

Nada
२०८१ माघ १० गते १०:४०
Shares
सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु

जनकपुरधाम : बितेका छ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । 

ncell

अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए । 

उक्त कार्यालयले समीक्षा अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु. ९७ लाख ५८ हजार पाँच सय राजस्व संकलन भएको जनाएको छ । 

गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु. एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व संकलन भएको थियो ।

सम्बन्धित खबर