२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

Nada
२०८१ माघ ९ गते १६:४६
Shares
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौंः चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

ncell

बझोङको आन्याङ जिल्लामा एक ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा बुधबार बिहान ११ः४० बजे दुर्घटना भएको आन्याङ प्रहरीले जनाएको छ, जसमा १२ वटा सवारीसाधन फरकफरक रुपमा क्षतिग्रस्त भएका छन् ।

मृतक पाँचमध्ये चार जनाको घटनास्थलमै र एक जनाको आकस्मिक उद्धारको प्रयास गर्दा मृत्यु भएको हो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । 

सम्बन्धित खबर