२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पोखरीमा पुरुषको शव फेला

Nada
२०८१ माघ ९ गते १५:१५
Shares
पोखरीमा पुरुषको शव फेला

धनुषाः धनुषाको छिरेश्वरनाथ नगरपालिका–८ मा रहेको पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ । दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरुले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । 

ncell

खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । शवलाई निकालेर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
 

सम्बन्धित खबर