२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड २०२५ सम्पन्न

Nada
२०८१ माघ ७ गते २१:२६
Shares
नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड २०२५ सम्पन्न

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड, २०२५ सम्पन्न गरेको छ । सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२५ ’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गर्दै सो कार्यक्रम सम्पन्न भएको हो ।

ncell

कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक शक्ति कुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष झन् बढी संख्यामा एमडीआरटी हरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए ।

त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मन्तव्य व्यक्त गर्दै कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । अभिकर्ताहरूको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले जनाए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खबर