२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

६ दशमलव ७८ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम साढे ६ अर्ब बढी

Nada
२०८१ माघ ७ गते १५:४५
Shares
६ दशमलव ७८ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम साढे ६ अर्ब बढी

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७८ अंकले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो ।

ncell

आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता शेयर ७४ हजार चार सय तीन पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २०, विकास बैंक शून्य दशमलव ६०, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ०२ र लघुवित्त समूह शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३, व्यापार एक दशमलव ०६ र अन्य समूह दुई दशमलव १३ प्रतिशतले बढेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ०५  प्रतिशतको वृद्धि देखिएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको रु २४ करोड एक लाख ८८ हजार चार सय चार बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको तीन लाख ७७ हजार छ सय ४६ कित्ता शेयर कारोबार भएको छ ।

सम्बन्धित खबर