२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता, संसद अधिवेशन बोलाउनेबारे छलफल

Nada
२०८१ माघ ७ गते १५:२७
Shares
प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता, संसद अधिवेशन बोलाउनेबारे छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।

ncell

भेटवार्ताका क्रममा संसदको हिउँदे अधिवेशन बोलाउनेबारे छलफल भएको छ । सभामुख घिमिरेसँगको परामर्शमा प्रधानमन्त्री ओलीले संसद भाषणमा होइन कानुन निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका सभामुखको सचिवालयले जनाएको छ। 

संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने तयारी रहेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकबाट माघ १८ गते संसद अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी रहेको बताइएको छ ।

सम्बन्धित खबर