२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेशनल लाइफले ल्यायो बाल अमृत–४ सावधिक बीमालेख

Nada
२०८१ माघ ३ गते २१:२४
Shares
नेशनल लाइफले ल्यायो बाल अमृत–४ सावधिक बीमालेख

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।

ncell

जुम मिटिङमार्फत् जोडिएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरू सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृतले यस बीमालेखको उद्घाटन गरेका थिए ।

विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढी परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख –४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको बताए । यस बीमालेख योजनाका विशेषताहरुका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याए ।

यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको उनले जानकारी दिए । यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ ।

बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेको उनले बताए । यस बीमालेखलाई प्रवद्र्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरूका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको उनको भनाइ छ ।

सम्बन्धित खबर