२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सुक्खा बन्दरगाह भन्सार: ६ महिनाको अवधिमा राजस्व संकलन घट्यो

Nada
२०८१ माघ ३ गते ११:२४
Shares
सुक्खा बन्दरगाह भन्सार: ६ महिनाको अवधिमा राजस्व संकलन घट्यो

पर्सा : सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु. २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।

ncell

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन रु. एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा रु. तीन अर्ब ७५ करोड २२ लाख राजस्व संकलन गर्‍यो । त्यस्तै भदौ महिनामा रु. चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु. चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु. तीन अर्ब ७९ करोड २९ लाख राजस्व संकलन गरेको थियो । 

त्यस्तै मङ्सिर महिनामा रु. तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु. तीन अर्ब ५६ करोड २१ लाख राजस्व संकलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने रु. २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व संकलन भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर