२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८१ माघ १ गते १६:१६
Shares
क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग

दोहा, कतार : नेपाल समाजवादी पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दैलेख डुङ्गेश्वरकी ब्लड क्यान्सरबाट पीडित सीता रावललाई आर्थिक सहयोग गरेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज कतारका कोषाध्यक्ष खड्क बहादुर बुढाले २९ हजार २६४ रुपैयाँ सहयोग गरिएको बताए ।

ncell

क्यान्सर पीडित रावलको भारतको अहम्दावादस्थित सिभिल क्यान्सर अस्पतालको आइसीयुमा लामो समयदेखि उपचार भइरहेको र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचारको सहयोगका लागि सो रकम संकलन गरी सहयोग गरिएको बताए  l

समाज कतारका अध्यक्ष राजाराम शाहीले संगठनले विगतदेखि नै राहत तथा सहयोगहरू गरिरहेको बताउँदै भइपरी आउने र यस्तै सहयोगमा सदैव अग्रसर हुने बताए ।

ताजा खबर

सम्बन्धित खबर