२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सरकारले गर्‍यो ९ सचिवको सरुवा

Nada
२०८१ पुष २९ गते १८:१५
Shares
सरकारले गर्‍यो ९ सचिवको सरुवा

काठमाडौ : सरकारले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतहरूको सरुवा गरेको छ ।

ncell

२६ पुसमा बसेको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा पठाइएको छ ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ल्याइएको छ । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय महालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. कृष्णहरि पुष्कर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, निर्वाचन आयोगका सचिव रविलाल पन्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ ।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला सार्वजनिक खरिद अनुगमन कार्यालय (सचिव), महालेखा लियन्त्रक कार्यालयक (महालेखा नियन्त्रक) विनोदप्रकाश सिंह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उपराष्ट्रपतिको कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पठाइएको छ ।
 

सम्बन्धित खबर