२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बझाङमा राष्ट्रपति रनिङ शिल्डमा वडाध्यक्ष सिंहले घोषण गरेको २२ हजार रुपैयाँ पुरस्कार जनप्रिय माविलाई

Nada
शिवजी मण्डेल
२०८१ पुष १७ गते २०:३३
Shares
बझाङमा राष्ट्रपति रनिङ शिल्डमा वडाध्यक्ष सिंहले घोषण गरेको २२ हजार रुपैयाँ पुरस्कार जनप्रिय माविलाई

बझाङ : बझाङमा स्थानीय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्नेका लागि घोषणा गरिएको नगद पुरस्कार जनप्रिय माध्यमिक विद्यालयले हात पारेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्नेका लागि वडा नम्बर १ का वडाध्यक्ष करनजंग बहादुर सिंहले घोषणा गरेको एक महिनाको पारिश्रमिक २२ हजार रुपैयाँ पुरस्कार हात पारेको हो ।

ncell

शुक्रबारदेखि जनप्रिय माध्यमिक विद्यालय बगडगाउँमा सुरु भएको पालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि जनप्रिय माध्यमिक विद्यालय बगडगाउँले हात पारेको छ । १२ स्वर्ण, ५ रजत र २ कास्य गरि जम्मा १९ पदक सहित जनप्रिय माविले उपाधि हात पारेको हो ।

प्रतियोगितामा पालिकाभरका ८ वटा माध्यमिक विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गरी उपाधि हासिल गर्दै वडाध्यक्ष सिंहले घोषणा गरेको एक महिनाको पारिश्रमिक २२ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको पालिका खेलकुद समिति अध्यक्ष रवीन्द्र सिंहले जानकारी दिए । वडाध्यक्ष सिंहले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्दै विद्यालयस्तरीय प्रतिभा विकासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त पुरस्कार प्रदान गरेको बताए ।

प्रतियोगितामा द्वितीय बान्नीचौर माध्यमिक विद्यालय भएको छ । उसले ९ स्वर्ण, ४ रजत र ३ कास्य गरि १६ पदक हात पारेको छ । यसैगरी सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वीनगर तृतीय भएको छ । २ स्वर्ण, ७ रजत र ६ कास्यसहित १५ पदक प्राप्त गर्दै सत्यवादी तृतीय भएको हो ।

त्यस्तै क्रमशः चौथो बाठपाली माध्यमिक विद्यालयले २ स्वर्ण, ३ रजत, ५ कास्य गरी १० पदक, पाँचौं थलारा माध्यमिक विद्यालय थलाराले २ स्वर्ण, २ रजत, १ कास्य गरी ५ पदक,  शान्ति माध्यमिक विद्यालय चौघानपाटाले १ स्वर्ण, २ रजत, ८ कास्य  गरी ११ पदक, चन्द्रोदय माध्यमिक विद्यालय खतेडाले  ४ रजत र २ कास्य गरी ६ पदक प्राप्त गरेका छन् । मजखोरी माध्यमिक विद्यालय मजखोरीले १ रजत पदक प्राप्त गरेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी लगायतका खेलहरुमा प्रतिस्पर्धा भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर