२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सहकारी ठगी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो, इजलासमै रुवाबासी

Nada
२०८१ पुष १६ गते १६:५१
Shares
सहकारी ठगी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो, इजलासमै रुवाबासी

काठमाडौँ  : कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका ७ जनाकै बहस सकिएको हो । 

ncell

रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको आजैबाट थुनछेक बहस थालिएको छ । 

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ । रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ । 

थुनछेक बहस चल्दै गर्दा कास्की जिल्ला अदालतको इजलासमै रुवाबासी भएको छ । इजलासमा सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङले आफूले 'यहीँ मर्ने' अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो । 

८० वर्षीय उनले इजलासमा यस्तो बताएपछि अवस्था असहज भएर बहस नै स्थगित गरिएको अदालत स्रोतले बताएको छ । गुरुङको 'यहीँ मर्ने' अभिव्यक्तिपछि पूर्व सांसद मिना गुरुङ लगायत रुन थालेका थिए भने बहसको माहोल एकाएक बिग्रन पुगेको थियो । जतिबेला न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट सुजाता पौडेलले बहस सकेर शान्तिदेवी शर्माले बहस थालेकी थिइन् । 

ताजा खबर

सम्बन्धित खबर